मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 26 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपसभापति खड्काको आह्वान : ‘गल्ती स्विकारौँ, तर निराशा नबाँडौँ’

राजनीतिक दलहरू आत्मसमीक्षाका लागि तयार हुनुपर्नेमा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक दल र तिनका नेताहरूले आफ्ना कमी–कमजोरीहरूलाई खुलेर स्विकार्दै जनतामा निराशाको सट्टा आशा र विश्वास जगाउनुपर्ने बेला आएको बताएका छन्। मानव अधिकार तथा शान्ति समाजको काठमाडौं शाखाको साधारण सभालाई सम्बोधन गर्दै उनले दलहरूभित्र आत्मसमीक्षाको गहिरो आवश्यकता रहेको औँल्याए।

‘हामीले गरेका गल्तीहरू छन्, त्यसलाई स्विकार्नुपर्छ, तर गल्ती दोहोर्याउनुहुँदैन खड्काले भने, ‘अब हामीले एकअर्कालाई दोषारोपण गरेर होइन, जनताको असन्तुष्टिलाई चिनेर समाधान दिने बेला आएको छ।’ उनले जनतामा निराशा नभई राजनीतिक दलहरूप्रति आक्रोश र असन्तुष्टि रहेको बताउँदै त्यसलाई सम्बोधन गर्नु नै अहिलेको मुख्य चुनौती भएको स्पष्ट पारे । 

कार्यक्रममा बोल्दै खड्काले प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा नागरिक समाज र कृष्ण पहाडीजस्ता अभियन्ताको भूमिकाको प्रशंसा गरे । उनले राजनीतिक दलहरूले नागरिक समाजबाट उठेका आवाज र सुझावहरूलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।

उक्त कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) लगायत विभिन्न दलका प्रतिनिधिहरू र गोकर्णेश्वर नगरपालिकाका प्रमुखको पनि उपस्थिति रहेको थियो। कार्यक्रमले नेपालको वर्तमान राजनीतिक अवस्था र नागरिक अधिकारका विषयमा एक महत्वपूर्ण बहसको मञ्च प्रदान गरेको थियो।