
गत आर्थिक वर्षमा धनकुटामा ८८ जना लागुऔषध कारोबारीहरू पक्राउ परेका छन् । आर्थिक वर्ष ०८१/८२ मा ८२ जना पुरुष र ६ जना महिला लागुऔषध कारोबारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए ।
प्रतिबन्धित लागुऔषध ओसार–पसार तथा बेचबिखनमा संलग्नमध्ये ७५ जनाविरुद्ध मुद्दा दायर गरी कानुनी प्रक्रिया अगाडि बढाएको डिएसपी खनालले बताए ।
उक्त अवधिमा प्रहरीले चार हजार १९४ किलो १८० ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ भने एक हजार ६०५ ट्याब्लेट विभिन्न प्रकारका लागुऔषध र ३० ग्राम २२४ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको डिएसपी खनालले बताए । धनकुटामा पछिल्लो समय लागुऔषध कारोबारीको संख्या बढ्दै गएको छ ।