मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
२o८२ श्रावण ७ बुधबार o८:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ताप्लेजुङको उत्तरी क्षेत्रमा बाढीको वितण्डा, तमोर नदीकाे रानीपुल बगायो

उत्तरी क्षेत्र सडक सञ्जालबाट बिच्छेद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार o८:४२:oo

ताप्लेजुङको उत्तरी क्षेत्रमा बाढीपहिरोले वितण्डा मच्चाएको छ । जसले गर्दा अहिले ताप्लेजुङको हिमाली क्षेत्रमा सडक सम्पर्क टुटेको छ । गएराति परेको अविरल वर्षाका कारण तमोर नदीमा आएको बाढीले तमोर नदीमाथि बनेको रानीपुल बगाएकाे छ । पुल बगाएपछि अब फक्ताङलुङ क्षेत्रको हिमाली बस्तीसँग सडक सम्पर्क टुटेको छ। 

फक्ताङलुङ गाउँपालिका– ५ तापेथोक र सोही गाउँपालिकाको वडा नम्बर ६ लेलेपबिचमा बनेको रानीपुल गएराति आएको बाढीले बगाएपछि उत्तरी क्षेत्र सडक सञ्जालबाट विच्छेद भएको छ ।

हिमाली क्षेत्रका लेलेप, लेलेपको घुन्सा, ओलाङचुङगोलालगायतका गाउँहरू सडक सञ्जालबाट टाढिएका छन् । रेमिड हाइड्रो पावर कम्पनीले करिब पाँच वर्षअघि पाँच करोडमा निर्माण गरेको पुल गएराति तमोर नदीमा आएको बाढीले बगाएको फक्ताङलुङ गाउँपालिका वडा नम्बर- ५ का वडाध्यक्ष देउप्रसाद लिम्बूले जानकारी दिए ।

तीन घर पहिरोको जोखिममा

वडाध्यक्ष लिम्बूले सोही वडाको माथिल्लो गाउँ खाम्थाकमा तीन घर पहिरोको जोखिममा परेर विस्थापित भएको जानकारी दिए । उनले इन्द्रबहादुर तामाङ, दिलकुमार तामाङ तथा कृष्ण तामाङको घर जाेखिममा परेकाे बताए ।

रातभरि अविरल रूपमा परेको पानीले ताप्मावाखोलामा रहेको काठेपुलसमेत बगाएको छ । सो खोलाले मोटरेबल बाटोकाे साथै मानिस हिँड्ने बाटोसमेत बाढीले बगाएको छ । उता, गाउँपालिकाको केन्द्र तापेथोक जाने मोटरबाटोसमेत अवरुद्ध भएको छ । पालिकाछेउमा रहेको सिसंवाखोलामा रहेको काठेपुल र बाटोसमेत बाढीले बगाएको छ।