मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
२o८२ श्रावण ५ सोमबार १६:४७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार १६:४७:oo

चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआइसी) ले सोमबार सार्वजनिक गरेको एक रिपोर्टअनुसार सन् २०२५ जुनसम्म चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थिए ।

सन् २०२५ जुनसम्ममा चीनमा इन्टरनेट पहुँच ७९.७ प्रतिशत पुगेको छ । यो सन् २०२४ डिसेम्बरको तुलनामा १.१ प्रतिशत विन्दुले वृद्धि भएको हो ।

प्रतिवेदनअनुसार १४औँ पञ्चवर्षीय योजना अवधि (२०२१–२०२५) मा चीनले इन्टरनेट विकासमा उल्लेखनीय प्रगति गरेको छ । विशेष गरी, इन्टरनेटलाई थप समावेशी बनाउने प्रयासहरूले वृद्ध र ग्रामीण बासिन्दाहरूजस्ता प्रमुख समूहहरूलाई यस प्रगतिको फाइदामा साझेदारी गर्न अनुमति दिएको छ ।

सन् २०२५ जुनसम्ममा चीनमा ६० वर्ष वा सोभन्दा माथिका १६ करोड १० लाख इन्टरनेट प्रयोगकर्ता थिए र ३२ करोड २० लाख ग्रामीण क्षेत्रमा बसोबास गर्थे । यी समूहमा इन्टरनेट पहुँच क्रमशः ५२ प्रतिशत र ६९.२ प्रतिशत पुगेको छ ।

यसैबिच, चीनमा इन्टरनेटको निरन्तर विकासले चिनियाँ संस्कृतिलाई घरेलु र अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको चिनियाँ अनलाइन साहित्य र खेलहरूको बढ्दो निर्यातका साथसाथै लोकप्रिय वेब सिरिज र सम्बन्धित पर्यटन गन्तव्यहरूबिचको बढ्दो तालमेलको उदाहरण दिँदै प्रतिवेदनमा भनिएको छ ।