मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ यू–२० महिला च्याम्पियनसिप : नेपालको चौथो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१९:oo

नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनसिपको पाँचौँ खेलमा श्रीलंकालाई ७–० ले हराएको छ।

बिहीबार ढाकास्थित बसुन्धरा मैदानमा भएको खेलमा समीक्षा मगर र कुसुम खतिवडाले समान दुई गोल गरेका हुन्। पूर्णिमा राई र बिर्सना चौधरीले समान एक गोल गरेका हुन्। एक गोल भने आत्मघाती भएको हो। 

चौथो जित निकालेको नेपालले पाँच खेलबाट १३ अंक जोडेको छ। सामान खेलबाट बंगलादेशको १२ अंक छ। आज नै बंगलादेशले भुटानसँग खेल्दै छ। 

अब, नेपालले प्रतियोगितामा भुटान र बंगलादेशसँग खेल्न बाँकी छ। डबल लिगको शीर्ष स्थानमा रहने टोली सिधै उपाधि जित्नेछ। प्रतियोगितामा भारत र पाकिस्तान तथा माल्दिभ्सले भने सहभागिता जनाएका छैनन्।