
छायाँनाथ रारा नगरपालिका–२ र माँझपातल सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा बाज थला हरियाली पार्कमा स्थानीय देउडा कार्यक्रमको आयोजना गरेर साउने संक्रान्ति अथवा १ साउन मानाइएको छ ।
संक्रान्तिकै अवसरमा बिहीबार छायानाथ रारा नगरपालिका अन्तर्गत रहेका १४ वडाकै महिला देउडा टिमबिच देउडा प्रतियोगिताको आयोजना गरिएको थियो भने अर्कोतिर महिला र पुरुषबिच पनि रोचक देउडा खेल भएको थियो ।
देउडा कार्यक्रममा छाँयानाथ रारा नगरपालिकाका १४ वडाका महिला पुरुष र जिल्लाका खत्याड र सोरु गाउँपालिकाका केही पुरुष खेलाडीको पनि उपस्थिति थियो ।