मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १ बिहीबार १o:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु बैंकका ग्राहकलाई होपफुल होराइजनमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १ बिहीबार १o:५४:oo

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होपफुल होराइजन नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी सेवामा छुट पाउनेबारे द्विपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा होपफुल होराइजनकी डा. प्रकृति प्रधान र बैंकका प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ग्राहकले ललितपुरको झम्सिखेलस्थित होपफुल होराइजनमा बैंकका बैंकको डेबिट, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्डमध्ये कुनै एकबाट भुक्तानी गर्नुपर्नेछ ।

होपफुल होराइजन एक दक्ष एवं अनुभवी विशेषज्ञको टोलीद्वारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ सेवाप्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रभु बैंकले देशका तीन सय १२ शाखा कार्यालय, दुई सय ८६ एटिएमका साथै ६८ एक्सटेन्सन काउन्टरमार्पmत सेवाप्रवाह गर्दै आएको छ ।