
बागमती प्रदेश सभाबाट पारित दुईवटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रमाणीकरण गरेका छन् ।
प्रदेश सभाबाट पारित आर्थिक वर्ष ०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रदेश प्रमुख देवकोटाले बुधबार प्रमाणीकरण गरेका हुन् ।
दुवै विधेयक यही असार २३ गते बसेको प्रदेश सभा बैठकले पारित गरेको थियो ।