मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातै प्रदेशमा सिटिजन्सको वित्तीय साक्षरता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:३३:oo

सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष ०८१/८२ मा सातवटै प्रदेशमा रहेका आफ्ना विभिन्न एक सय ४८ शाखा कार्यालयबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले कोशीका १९, मधेशका १६, बागमतीका ४७, गण्डकीका १४, लुम्बिनीका ३२, कर्णालीका ११ तथा सुदूरपश्चिम प्रदेशका नौ शाखामार्पmत आमसर्वसाधारणलाई वित्तीय सचेतना जगाउन यी कार्यक्रम गरिएको हो ।

कार्यक्रममार्फत विभिन्न उमेर समूहका व्यक्ति, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति र अन्य समूहका गरी विभिन्न वर्गलाई लक्षित गरी वित्तीय ज्ञान प्र्रदान गरेको हो ।

कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वका बारेमा विस्तृत प्रकाश पारिएको थियो । यससँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमबारे जानकारी पनि गराइएको थियो ।

साथै, नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय कारोबार बैंकिङ प्रणालीबाटै गर्दा बैंकिङ प्रणाली मजबुत हुने र सर्वसाधारणमा वित्तीय ज्ञानको पनि विकास हुने विश्वास बैंकले लिएको छ ।