मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
Invalid date format o९:१६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सडक खुलेको २२ वर्षपछि पक्की पुल निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१६:oo

बागलुङको दक्षिण कुश्मिसेरा जोड्ने सडकअन्तर्गत जुम्लीखोलामा सडक निर्माणको २२ वर्षपछि मोटरेबल पुल निर्माण भएको छ । विसं ०५६ सालदेखि निर्माण सुरु भएको सडकमा ०६५ देखि यातायात सञ्चालनमा आए पनि जैमिनी नगरपालिका– १ मा पर्ने जुम्लीखोलामा पुल भने भर्खरै निर्माण भएको छ । जुम्लीखोलामा पक्की पुल नबन्दा हरेक बर्खायाममा सडक बगाउने तथा पैदलयात्रीलाई समेत यात्रा कठिन हुन्थ्यो ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराले २३ असार ०८१ मा पुल निर्माणका लागि बिमए/जयकालिका भगवती जेभीलाई जिम्मेवारी दिएको थियो । १५ पुस ०८२ मा निर्माण सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर जनकराज पन्तले बताए । उनका अनुसार एक करोड ९४ लाख लागतमा निर्माण थालिएको हो ।

हालसम्म ८० प्रतिशत भौतिक प्रगति भइसकेको पुलका अधिकांश काम सकिएका छन् । जुम्लीखोलामा १५.८० मिटर लामो र ८.४० मिटर चौडा पुल बन्नेछ । पुल निर्माणले जैमिनी नगरपालिका र दक्षिण बागलुङको विकासमा महत्ववपूर्ण योगदान गर्ने जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए । एसियाली विकास बैंकको सहयोगमा ०५६ सालमा निर्माण सुरु भएको दुई जिल्ला जोड्ने प्रमुख सडक भए पनि यो सडकका केही जोखिमपूर्ण खोलामा पक्की पुल बन्न सकेका थिएनन् । यही सडकअन्तर्गत यसै वर्ष जैमिनी नगरपालिका– ९ र १० को सिमानामा पर्ने ठेउले खोलाको रुम्टामा पनि पक्की पुल निर्माण भएको छ । पुल निर्माणपछि स्थानीय उत्पादनको बजारीकरणमा थप टेवा पुग्ने विश्वास गरिएको उपप्रमुख शर्माको भनाइ छ ।

‘पुल बनाउँदा महत्ववपूर्ण कुरा मुख्य स्ट्रक्चरको हो, यो पलमा मुख्य स्ट्रक्चर बनिसकेको छ,’ पन्तले भने ‘निकै मिहिनेतपछि जुम्लीखोलाको पुल तयार भएको छ, सायद छिट्टै नै यसलाई सञ्चालनमा ल्याउनेछौँ ।’ सम्झौता मितिभन्दा पुल निर्माणको कामअगावै काम सकिएको पन्तले बताए । पुलको वारिपारि भने केही सडकतर्फको काम बाँकी रहेको र वर्षाका कारण कालोपत्रेको काम सकिन केही समय लाग्ने निर्माण व्यवसायी बताउँछन् ।