मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १२:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खानेपानी संकट समाधानमा मधेश प्रदेश सरकार सक्रिय

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

वीरगन्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानमा  मधेश प्रदेश सरकारले सक्रियता देखाएको छ ।प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको निर्णय गरी प्रदेश सरकारसँग रहेको आठवटा वारुणयन्त्र खानेपानी संकटबाट अति प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति गर्ने गरी आज पठाइएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले बुधबार बिहान वारुणयन्त्रहरूलाई प्रभावित क्षेत्रतर्फ पठाउँदै खानेपानी समस्या समाधानमा पूर्ण रूपमा सरकार क्रियाशील रहेको बताए ।

एउटा वारुणयन्त्रमा पाँच हजार लिटर गरी आठवटा वारुणयन्त्रबाट एकपटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गरिनेछ । खानेपानी समस्या रहेको स्थानमा यी वारुणयन्त्रहरू २४  सै घण्टा परिचालित रहनेछ । यी वारुणयन्त्र प्रदेश सरकारको व्यवस्थापन र नेपाली सेनाले सञ्चालन गर्नेछ ।

यसअघि प्रदेश सरकारले वन कार्यालयको तीनवटा ट्यांकर खानेपानी आपूर्ति गर्न परिचालित गरिसकेको छ । यसैगरी, खानेपानी समस्या रहेको क्षेत्रमा नेपाली सेनाबाट समेत सातवटा ट्यांकर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको छ ।