
नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेपछि तनाव भएको हो ।
प्रहरीले केही विद्यार्थीहरूलाई भ्यानमा कोचेको छ । उनीहरूलाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न खोेज्दा घम्साघम्सी भएको थियो ।
नि:शुल्क, समान र वैज्ञानिक शिक्षासहित जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले आज बिहान १० बजेदेखि माइतीघरमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार उनीहरू माइतीघरदेखि नयाँ बानेश्वरसम्म पुग्ने योजना थियो । तर, प्रहरीले माइतीघर क्षेत्रबाटै नियन्त्रणमा लिन सुरु गरेपछि अन्यले प्रहरी प्रशासनविरुद्ध नारा लगाइरहेका छन् ।
तस्बिरहरू :