मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:३८:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

२१२औँ भानुजयन्तीको अवसरमा कविता वाचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:३८:oo

२१२औँ भानुजयन्तीको अवसरमा कविता वाचन सम्पन्न भएको छ । आइतबार काठमाडौंको नक्सालमा विश्व शान्ति तथा एकीकृत परिवार संघ तथा सिद्धान्त अनुसन्धान महाविद्यालय संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा २५ जना कविले कविता वाचन गरेका थिए। कार्यक्रममा एक लाख रुपैयाँ राशिको शान्ति साहित्यिक पुरस्कार घोषणासमेत गरिएको छ ।

कार्यक्रममा आयोजक विश्व शान्ति तथा एकीकृत परिवार संघका दक्षिण एसियाका निर्देशक कृष्णबहादुर अधिकारीले उक्त पुरस्कारको घोषणा गरे। गीतकारसमेत रहेका अधिकारीले आदिकवि भानुभक्त आचार्यको जन्मदिन नेपाली भाषाको गौरव गाउने महान् दिन भएको बताएका छन् ।

संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको सुरुवात हुनु अद्वितीय उदाहरण भएको अधिकारीको भनाइ छ । ‘भानुजयन्ती केवल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान् दिन हो,’ उनले भने, ‘नेपाल मात्र होइन, दार्जिलिङका पहाडसम्म दौरासुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको सुरुवात हुनु अद्वितीय उदाहरण हो ।’ 

कार्यक्रममा सन्तोषकुमार पोखरेल, स्नेह सायमी र रञ्जना निरौला, कृष्ण बाउसे, भोजकुमार धमला, गंगा खतिवडा, दीप डाँगी, रिता खतिवडा, सुभाषसिंह पराजुलीलगायतका  कविहरूले कविता वाचन गरेका थिए ।