मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
प्रहरीले भाँचिदिएको रास्वपाको माइक
Invalid date format o६:४७:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रास्वपाको हस्ताक्षर संकलनमा प्रहरीको हस्तक्षेप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:४७:oo

प्रधानमन्त्री केपी ओली आएका वेलामा झापाकोे दमकमा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित प्रधानमन्त्री ओलीको निवासनजिकै क्याम्पस मोडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो । 

रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई राज्यले प्रतिशोधन साँधेको भन्दै केही समयदेखि हस्ताक्षर संकलन गरिरहेको छ । प्रधानमन्त्री ओली दमक आएको समयमा उनी सवार हुने सडकनजिकै हस्ताक्षर संकलन गर्दा प्रहरीले हस्तक्षेप गरेको रास्वपा झापा– ५ का सभापति भेषराज भट्टराईले बताए ।

माइकमा बोलेर हस्ताक्षर संकलन गर्दै गर्दा प्रहरी आएर माइक खोस्दै भाँचिदिएको उनले बताए । ‘हामीमाथि हस्तक्षेप भयो । के शान्तिपूर्ण रूपमा हस्ताक्षर संकलन गर्न पनि नपाइने हो ?’ उनले भने, ‘प्रहरीले हामीमाथि दुर्व्यवहार गर्‍यो ।’ जिल्ला प्रहरी कार्यालय झापाले भने हस्तक्षेप नभई समान्य सम्झाइ–बुझाइ गरेको दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले प्रधामन्त्री हिँड्ने सडकमै माइकिङ गरेकोे हुँदा सम्झाइ–बुझाइ गरेको बताए । ‘हस्तक्षेप भएको होइन । त्यो सामान्य हो । प्रधानमन्त्री भ्रमण गर्ने बाटोमा माइकिङ गरेकाले सम्झाइ–बुझाइ मात्र गरेका हौँ,’ उनले भने ।