मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौ‌ं
२o८२ असार ३० सोमबार १९:३o:oo
Read Time : < 1 मिनेट
समाचार

उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न

सामुदायिक र निजी विद्यालयका विद्यार्थीले सुनाए कविता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌ं
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार १९:३o:oo

२१२औँ भानुजयन्तीका अवसरमा ‘१८औँ उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय कविता प्रतियोगिता ०८२’ सम्पन्न भएको छ। प्रतियोगितामा निजी र सामुदायिक विद्यालय गरी २३ विद्यालयबाट विद्यार्थीहरू सहभागी थिए । 

विद्यार्थीहरूले आदिकवि भानुभक्त आचार्य, राष्ट्रियता, सामाजिक परिवेश, स्वेदशभित्रका सम्भावना, अवसर, बागमती सभ्यता, वैदेशिक रोजगारले निम्त्याएको समस्यालगायत विषयमा आधारित कविता प्रस्तुत गरेका थिए। प्रतियोगितामा कान्तिभैरव गुरुकुल माविका योगेश उपाध्याय प्रथम, पाणिनी स्कुलका समृद्ध घिमिरे द्वितीय र कान्जिरोवा नेसनल स्कुलका समीप आचार्य तृतीय भएका छन्।

प्रथम हुनेलाई आठ हजार, द्वितीय हुनेलाई पाँच हजार र तृतीय हुनेलाई तीन हजार नगदसहित सम्मान गरिएको छ। प्रतियोगितामा प्रस्तुत गरिएका कविताका आधारमा निर्णायकमण्डलको टिमले छनोट गरेको थियो । 

यस्तै, प्रतियोगितामा सहभागी सबै विद्यार्थी र विद्यालयलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो। भ्याली भ्यू स्कुल र सहआयोजक भानु प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको अवसरमा वरिष्ठ संगीतकार प्राडा कृष्णहरि बराललाई पनि सम्मान गरियो। प्रतियोगिताले कविता लेखन क्षेत्रमा विद्यार्थीलाई थप अग्रसर बनाएको र हौसला प्रदान गरेको भ्याली भ्यू स्कूलका प्रधानाध्यापक सुभासचन्द्र भण्डारीले जानकारी दिए। 

प्रतियोगितामा सहभागी वरिष्ठ कवि नवराज लम्सालले विद्यार्थीमा पनि कविता तथा साहित्य सिर्जना क्षमता र कला भएकोले उनीहरूको क्षमताको मूल्यांकन हुनुपर्ने बताए ।