मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
कैदीबन्दीको कुटाइबाट घाइते मूल नाइके खगेन्द्र बोगटी ।
Invalid date format o७:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुत्ने ठाउँको विषयले कैलाली कारागारभित्र कैदीबन्दीबिच विवाद, नाइके कुटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४o:oo

कैलाली जिल्ला कारागारभित्र कैदीबन्दीबिच शनिबार दिउँसो विवाद हुँदा मूल नाइके खगेन्द्र बोगटी कुटिएका छन् । कुटपिटबाट बोगटीको नाक र मुखमा चोट लागेको छ । लम्कीका भूपेन्द्र बडुवाल हत्या प्रकरणमा कारागारमा रहेका कैदीले नाइके बोगटीमाथि कुटपिट गरेको कारागार स्रोतले जनाएको छ । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । 

घटनालगत्तै प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा कारागार पुगेका थिए । सुरक्षा अधिकारीहरू पुगेपछि कैदीबन्दीले जेलरसँग मिलेर नाइकेले दु:ख दिने गरेको भन्दै जेलर वसन्तबहादुर खत्रीविरुद्ध होहल्ला र गुनासो गरेका थिए । 

प्रहरी उपरीक्षक राणाले कैदीले मूल नाइकेलाई कुटपिट गरेपछि अहिले स्थिति सामान्य भएको बताए । कैदीबन्दीलाई सम्झाइबुझाइ गरेपछि अवस्था सामान्य भएको उनको भनाइ छ । ‘मूल नाइकेलाई अर्को कैदीले हानेको रहेछ । नाइकेलाई हानेपछि अरूले विरोध गरे,’ प्रहरी उपरीक्षक राणाले भने, ‘उनीहरूलाई सम्झाइबुझाइ गर्‍यौँ । अहिले सामान्य अवस्था छ ।’

अनुशासन र सुरक्षासम्बन्धी गुनासो आएको भन्दै प्रमुख जिल्ला अधिकारीको टोलीले बिहीबार राति कारागारभित्र निरीक्षण गरेको थियो । प्रशासनका अनुसार त्यसक्रममा चेकजाँच गर्दा कैदीबन्दीसँग मोबाइल भेटिएका थिए । त्यसपछि मोबाइल भेटिएको ब्लकका केही कैदीलाई अर्को ब्लकमा सारिएको थियो । प्रमुख जिल्ला अधिकारी हमालले कैदीबन्दीबिच सुत्ने ठाउँको विषयमा सामान्य विवाद भएको र आफूहरू सम्झाइबुझाइ गरेर फर्किएको बताए ।