मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 31 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सूचना प्रविधि केन्द्रको सफ्टवेयर खरिदमा १६ करोड भ्रष्टाचार, सुनील पौडेल र ठेकेदारसहित ६ विरुद्ध मुद्दा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:३९:oo

राष्ट्रिय सूचना प्रविधि केन्द्रको सफ्टवेयर खरिदमा करिब १६ करोड रुपैयाँ भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । मिलेमतोमा गुणस्तरहीन प्राेसेयर खरिद गरेर भुक्तानी दिने–लिने कार्यमा संलग्नविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र ठेकेदारसहित ६ जना मुद्दाका प्रतिवादी छन् । 

केन्द्रले आर्थिक वर्ष ०७६/७७ मा गुरुयोजना तयार नगरी मिलेमतोमा ‘हाई कम्पुट इन्फ्रास्ट्रक्चर’ खरिदका लागि स्पेसिफिकेसन तथा भ्याटसहित ३० करोड ९९ लाख ९९ हजार ९९९ रुपैयाँको लागत अनुमान तयार गरेको थियो । लागत अनुमानपछि बोलपत्र आह्वान गर्दा ‘वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालि कान्तिपथ, काठमाडौं’ को भ्याटसहित ३० करोड  ६५ लाख ५५ हजार ७६३ रुपैयाँको बोलपत्र स्वीकृत गरेको थियो । 

केन्द्र र वर्ल्ड डिस्ट्रिब्युसनबिच १५ माघ ०७६ मा सम्झौता भएको थियो । सम्झौतापछि खरिद प्रक्रिया अघि बढाइएको थियो । केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसनका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठले आपसी मिलेमतो गरेर खरिद गरेको अख्तियारको दाबी छ । 

केन्द्रलाई हानि पुर्‍याउने बदनियतले निर्धारित सर्त तथा मापदण्डविपरीत गुणस्तरहीन प्रोसेयर रहेको स्टोरेज आपूर्ति गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। झुट्टा कागजात पेस गरी अस्वाभाविक मूल्य कायम भएको प्रोसेसनबापत १५ करोड ८८ लाख ५० हजार रुपैयाँ भुक्तानी लिए/दिएको देखिएको अख्तियारको अभियोग छ । बढी भुक्तानी दिइएको यही रकमलाई अख्तियारले बिगो कायम गरेको छ । 

अख्तियारले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई प्रमुख प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको छ। पौडेलविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगो छ । सार्वजनिक संस्थाको प्रमुखको हैसियतमा उनीविरुद्ध थप सजायको मागदाबी पनि अख्तियारले गरेको छ। त्यस्तै, केन्द्रका तत्कालीन निर्देशक श्रेष्ठ, सहायक निर्देशक पोख्रेल र कम्प्युटर इन्जिनियर गायकलाई पनि १५ करोड ८८ लाख ५० हजार रुपैयाँ संयुक्त बिगो छ। केन्द्रका तत्कालीन लेखा अधिकृत वली र केन्द्र तथा त्यसका अध्यक्ष श्रेष्ठलाई पनि जनही १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगो छ।