मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २५ बुधबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २५ बुधबार २३:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

संसदमा प्रश्न गर्दा प्रधानमन्त्रीको सचिवालयबाट धम्की दिने काम बन्द होस्ः सोविता गौतम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २५ बुधबार २३:४५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रश्न सरकारलाई भएको र त्यसको जवाफ सरकारले नै दिनुपर्ने  भएकाले संसदमा प्रश्न गर्दा प्रधानमन्त्रीको सचिवालयबाट धम्काउने काम बन्द गर्न माग गरेकी छिन् । ‘सांसदले संसद्मा उठाएको प्रश्नमा सरकारको सचिवालय वा अन्य संरचनाले पनि चुनौती दिँदै नहिँडोस्, धम्की दिँदै नहिँडोस् । जसको क्षेत्राधिकार जहाँ र जतिसम्म हो, त्यत्तिमै सीमित हुनु विधिको शासनको आधारशिला हो । सम्माननीय प्रधानमन्त्रीज्यूको पनि ध्यानाकर्षण गर्न चाहन्छु,’ बुधबार संसदमा बोल्दै उनले भनिन् । 

प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा कतिपय नेपालीलाई नक्कली कागजपत्र बनाएर लगिएको घटनामा छानविनको माग गर्दा प्रधानमन्त्रीको सचिवालयबाट धम्काउनेदेखि सामाजिक सञ्जालमा चरित्रहत्यासम्मका गतिविधि भएको भन्दै उनले ध्यानाकर्षण गराएकी छिन् ।    

आफूले मंगलबारको बैठकमा प्रधानमन्त्री गएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहानामा गएर नफर्किएको भन्नेलगायत समाचार आइरहेका छन् भनेको दोहो¥याउँदै गौतमले भनिन्, ‘प्रधानमन्त्री गएको कार्यक्रममा केही गएर फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर छ । किन मेरो भनाइ रेकर्डबाट हटाउने ? सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउनुपर्ने त होइन होला नि ? मैले भनेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भन्ने त्यो मेरो समस्या होइन । जसको समस्या हो, उसैको उपचार गरियोस् ।’  प्रधानमन्त्रीसँग गएका नभई प्रधानमन्त्री सहभागी कार्यक्रममा कतिपय व्यक्तिलाई नक्कली कागजपत्र बनाएर लगिएको भन्दै त्यस विषयमा छानविनको माग गरेकी छिन् ।