
मैवाखोला गाउँपालिकाले लोपोन्मुख नौंमति बाजासहित विभिन्न सामाग्री वितराण गरेको छ । गाउँपालिकाको वडा नम्बर १ मा रहेको नवजागरण दलित समूहलाई ती बाजा र सामाग्री वितरण गरेको पालिका अध्यक्ष विजयप्रकास वनेमले बताए । अध्यक्ष वनेमका अनुसार आफ्नो सँस्कृति जगेर्ना गर्न सहयोग मिलोस् भन्ने उदेश्यले विभिन्न समुदायमा यस्ता सामाग्री वितरण गर्दै आएको हो ।
पालिकाले दलित सशक्तीकरणका लागि स्थापित अध्यक्ष कोष कार्यक्रमअन्तर्गत ११ लाख ६४ हजार रुपैयाको सामाग्री दलितहरूलाई वितरण गरेको हो । गाउँपालिकाले उक्त रकम बराबरको बाजागाजादेखि उन्नत पशुचौपाया समेत वितरण गरेको छ ।
गाउँपालिका अध्यक्ष वनेमले ‘सशक्तीकरणका लागि अध्यक्ष कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि–०८१ बमोजिम माग प्रस्तावना आह्वान गरी प्रत्येक वडामा गठन भएका दलित समूहबाट आएका माग र वडाको सिफारिसका आधारमा सामाग्री वितरण गरिएको बताए ।