१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १२:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ओझेलमा ताप्लेजुङको ढङढंगे झरना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१५:oo

सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङढंगे झरना अझै पनि आमदृष्टिबाट टाढा छ । सिदिङ्बा- ५, लिम्बुदिन र ६ मेहेलेको बिचमा रहेको यो झरना आफैँमा बाजाको तालजस्तो लाग्छ । यही विशेषताका कारण यस झरनालाई स्थानीयले ‘ढङढंगे’ नामकरण दिएका हुन्, जहाँ जलको बहाव र चट्टानको संघर्ष संगीत बन्छ । स्थानीय असलबहादुर राईले भने, पहिला त फावाखोला भन्ने गरिन्थ्यो, अहिले ढङढंगे भनेर चिनिन्छ । बाजा बजाएजस्तो आवाज आउँछ ।

ढङढंगे झरनाको प्राकृतिक सुन्दरता यति अद्वितीय छ कि एकपटक पुग्ने जोकोहीको स्मृतिमा अमिट रूपमा बस्छ । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको संख्या बिस्तारै बढ्दै गएको छ । स्थानीय अब बाह्य पर्यटक पनि आकर्षित हुने आशामा छन् । स्थानीय नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षामा बसेका छन् । ‘हामी त पर्खिराखेका छौँ । बाहिरबाट पनि पर्यटक आएर आम्दानीको स्रोत बनोस् भनेर,’ स्थानीय नारायणप्रसाद राई बताउँछन् ।

झरनामा पुग्ने आन्तरिक पर्यटकको अनुभव विशेष हुन्छ । दृश्य सुन्दर मात्र होइन, आत्मामा शान्ति दिने किसिमको अनुभूति उनहरूले व्यक्त गरेका छन् । ‘नाम सामान्य लाग्यो, तर दृश्य हेर्दा मुखमै मुस्कान आयो । यस्तो प्राकृतिक उपहार देख्दा मन रमायो,’ अन्तरिक पर्यटक साहारा लिम्बूले बताइन्। 

झरनालाई पर्यटकीय क्षेत्र बनाउनका लागि स्थानीय सरकार पनि सक्रिय देखिन्छ । झरनासम्म पुग्न ढुंगाका गोरेटो बाटा बनाइएका छन्, होमस्टे निर्माणको तयारी भइरहेको छ । आगामी नीति तथा कार्यक्रममा ढङढंगे झरनालाई विशेष प्राथमिकता दिइएको सिदिङ्बा गाउँपालिका उपाध्यक्ष बन्दना कडरियाले बताइन्। 

तर, अझै पनि झरनाको आधिकारिक लम्बाइ मापन गरिएको छैन । वैज्ञानिक दृष्टिकोणले यसको अध्ययन आवश्यक छ । प्रचारप्रसारलाई तीव्रता दिन सकिएमा यो झरना जिल्लाको अर्को पर्यटकीय परिचय बन्न सक्छ । जिल्ला सदरमुकाम फुङलिङ बजारदेखि पाँचथरको गणेश चोक हुँदै करिब तीन घण्टामा साब्लाखु भञ्ज्याङ पुग्न सकिन्छ ।

साब्लाखुदेखि करिब ४० मिनेटपछि ढङढंगे झरनासम्म पुग्न सकिन्छ । झरनासम्म नै सहज रूपमा मोटर बाटो विस्तार भएकाले सवारीसाधन सहज रूपमा झरनासम्म पुग्दै आएको छ । ताप्लेजुङ, जहाँ प्रत्येक पहाडको ढिस्को र खोल्साको गर्जनमा पर्यटकीय सम्भावनाको ध्वनि लुकेको छ । मिक्वाखोलाको फुङफुङ्गे झरनाको चर्चा धेरैले सुनेका छन् ।