१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २ सोमबार ११:४७:००
Read Time : < 1 मिनेट
सप्तरंग

गोविन्दापत्नी सुनीताले मनालीमा मनाइन् जन्मदिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २ सोमबार ११:४७:००

बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता अहिले पर्यटकीय नगरी मनालीको हरिपुरमा छन् । भारतीय मिडियाहरूले त्यहाँ उनीहरू गर्मी मौसमबाट केही राहत पाउन गएको बताएका छन् । तर, खासमा कुरा अर्कै रहेछ । सुनीता आफ्नो ५३औंँ जन्मदिन मनाउन परिवारसहित त्यहाँ पुगेकी रहिछिन् । हालै सामाजिक सञ्जालमा तस्बिर बाहिरिएपछि उनीहरू त्यहाँ जानुको रहस्य थाहा भएको हो ।

राति अबेरसम्म जन्मदिन पार्टी चलेको स्थानीय मिडियाहरूले बताएका छन् । जहाँ गोविन्दाले सुनीतालाई केक काटेर जन्मदिनको शुभकामना दिएका थिए । सुनीताले भने आफ्नै हातले सबैलाई केक खुवाएकी थिइन् ।