१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १२:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एसइई नतिजा ०८१ : कञ्चनपुरका पाँच विद्यालय शून्य

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १२:४९:oo

माध्यमिक परीक्षा शिक्षा (एसइई)मा कञ्चनपुरका पाँच विद्यालय शून्य भएका छन । गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइई ०८१ को तथ्यांकअनुसार जिल्लाका पाँच विद्यालय शून्य भएका हुन् । 

शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रको तथ्यांकअनुसार भीमदत्त, पुनर्वास, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका पाँच विद्यालयले शून्य नतिजा ल्याएका छन ।  भीमदत्त नगरपालिकामा एक निजी विद्यालय, लालझाडी गाउँपालिकामा एक सरकारी विद्यालय,  पुनर्वास नगरपालिकाका दुई र बेलौरी नगरपालिकाकाे एक सामुदायिक विद्यालयले शून्य नतिजा ल्याएका हुन् । 

भीमदत्त नगरपालिका– १० सुकासालको कस्मोपोलिटिन बोर्डिङ स्कुलका १९ मध्ये पूरै विद्यार्थी फेल भएका छन् । पुनर्वास नगरपालिका– १ अशुबर्माबस्तीको शान्ति मावि र पुरैनाकोे रामबुद्ध माविका पूरै विद्यार्थी फेला भएका छन् । शान्ति माविका १७, रामबुद्ध माविका ११, बेलौरी नगर– ४ को गणेश माविका २० विद्यार्थी र  लालझाडी गाउँपालिका– १ नौरंगाको शारदा राष्ट्रिय माविका ३६ विद्यार्थी पूरै फेल भएका छन् ।  

शैक्षिक सत्र ०८० मा जिल्लाको एक नमुनासहित नाै सरकारी विद्यालयले नतिजा शून्य ल्याएका थिए ।  गत शैक्षिक  सत्र ०८१ मा नाैबाट झरेर पाँच विद्यालय शून्यमा पुगेका छन् । विद्यालयको नतिजा नै शून्य आएपछि जिल्लाका  एक निजी, चार सरकारी गरी पाँच विद्यालयका १०३ विद्यार्थीकोे भविष्य चौपट भएको छ । आफ्ना सन्तानले अध्ययन गर्ने विद्यालयको नतिजा नै शून्य आएपछि विद्यार्थी मात्रै नभई अभिभावकसमेत हैरान भएका छन् । 

०८१ मा पनि लालझाडी गाउँपालिका, पुनर्वास र बेलौरी नगरपालिकाले शून्य नतिजा ल्याउनमा निरन्तरता दिएका छन् । ०८० मा पुनर्वास नगरपालिका– ७ को बालबागेश्वरी मावि, लालझाडी गाउँपालिका– ३ छोटी पर्सियाको सरस्वती मावि, लालझाडी– ४ जाईको बैजनाथ मावि र बेलौरीको जननमुना माविले शून्य नतिजा ल्याएका थिए । ०८१ मा जननमुनाले १७ मा दुई विद्यार्थी उत्तीर्ण  गराउन सफल भएको छ भने अधिल्लो शैक्षिक सत्रमा १६ पूरै विद्यार्थी फेल भएका थिए । ०८० मा शून्य नतिजा ल्याएको भीमदत्त नगरपालिका– १५ खैरभट्टीको लक्ष्मी माविले ०८१ मा ६ र भीमदत्त– १९ बागफाँटाको पञ्चकृत माविले तीन विद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो । 

०८० मा शुक्लाफाँटा नगरपालिका– ९ सिसैयाका अशिग्रामको शून्य नतिजा आएकोे थियो, ०८१ मा आठ विद्यार्थी सफल भएका छन् । ०८० मा बेदकोट नगरपालिका– ४ बैतडाको बालज्योति मावि– १०, चतहरीको रत्न माविले शून्य नतिजा ल्याएकोमा ०८१ मा बालज्योतिले पाँच र रत्नमाविले एक विद्यार्थी उत्तीर्ण गराउन सफल भएका हुन् ।