१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format oo:o४:oo
Read Time : < 1 मिनेट
समाचार

राति १२ बजे पनि संवैधानिक इजलासले सुनाउन सकेन फैसला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format oo:o४:oo

सर्वोच्च अदालतले संवैधानिक निकायमा अध्यादेशमार्फत गरिएका नियुक्तिको वैधता परीक्षणसम्बन्धी मुद्दाको फैसला राति  १२ बजेसम्म पनि आउन सकेको छैन ।  राति अबेरसम्म कानुनी व्यवसायीहरू फैसलाको पखाईमा छन्। 

मध्यराति १२ बज्दा पनि फैसला नआएपछि कानुन व्यवसायीहरु निरास भएका छन्। बुधबार नै संवैधानिक इजलासमा फैसला पढेर सुनाइने जानकारी सर्वाेच्च अदालत प्रशासनले दिएको थियो। 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासले यो मुद्दामा आजै फैसला सुनाउने गरी बिहानदेखि इजलास बसिरहेको छ । प्रधानन्यायाधीशसहित यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित इजलासले सुनुवाई सकेर पनि फैसला सुना नसकेको हो। 

   इजलासले यी मुद्दामा गत ३० माघ, २१ फागुन र ६ चैतमा सुनुवाइ गरेको थियो । त्यसपछि ३, ७, ८, ९, १०, २८ र ३० वैशाखमा हेर्दाहेर्दैमा राखी सुनुवाइ सकेको थियो । १ जेठमा अन्तिम सुनुवाइपछि २८ जेठका लागि निसु तोकिए पनि फेरि १८ असारका लागि धकेलिएको हो । आज पनि समयमै फैसला सुनाउन सकेन ।