१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format २२:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

जगदम्बा स्टिलको भट्टीमा विष्फाेट, केही मजदुर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:११:oo

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जगदम्बा स्टिल प्राइभेट लिमिटेडको भट्टी विष्फाेट हुँदा केही मजदुर घाइते भएका छन्।

केहीबेरअघि भएको उक्त घटनाबारे इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले प्रारम्भिक जानकारी दिएका छन्। उनका अनुसार हालसम्म कुनै मानविय क्षति नभएको, तर केही मजदुर घाइते भएका छन्।

‘ठुलो मानवीय क्षति नभए पनि केही मजदुर सामान्य घाइते भएका छन्,’ डिएसपी जोशीले भने, ‘घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।’ उक्त भट्टी पड्किने कारण खुल्न सकेको छैन। घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ र अनुसन्धान कार्य अघि बढाइएको छ।

स्थानीयवासीका अनुसार पड्किएसँगै कारखानापरिसरमा ठुलो आवाज आएको थियो।

जगदम्बा स्टिल बारा जिल्लाको एक प्रमुख उद्योगमध्ये पर्दछ, जहाँ सयौँ मजदुर कार्यरत छन्।