१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format २१:२७:oo
Read Time : < 1 मिनेट
समाचार

एमालेका नगर अध्यक्षलाई कारबाहीको दायरामा ल्याउन माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:२७:oo

नेपाल पत्रकार महासंघ सिराहा शाखाले एमाले सिराहा लहान नगर अध्यक्षलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । 

महासंघका शाखा सचिव मुकेशकुमार यादवले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघका शाखा अध्यक्षलाई तुच्छ गालीगलौजसहित गैरजिम्मेवार अभिव्यक्ति दिएका नगर अध्यक्ष राजकुमार साहलाई कानुनी दायरामा ल्याई कानुनी कारबाहीको माग गरेका हुन् ।

मंगलबार जारी विज्ञप्तिमा सार्वजनिक भएको भिडियोको विषयमा नगर अध्यक्ष साहले महासंघका शाखा अध्यक्ष मनोज बनैता यादवलाई गरेको गालीगलौजप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । 

‘यदि कुनै भिडियो सामाग्री सत्यतथ्यमा आधारित छ भने त्यसको प्रसारण गर्नु पत्रकारको न केवल अधिकार हो, कर्तव्य पनि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सोही भिडियोलाई लिएर नगर अध्यक्ष साहले महासंघका शाखा अध्यक्षलाई अमर्यादित गालीगलौज गर्नु निन्दनीय र सम्पूर्ण पत्रकार समुदायप्रतिको घोर अपमान पनि हो ।’    

के छ भिडियोमा ? 
लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो र सिंगो नगर कार्यपालिकाबिच काम, कर्तव्य र अधिकार प्रयोगको विषयमा केही महिनादेखि द्वन्द्व चल्दै आएको सन्दर्भमा केही दिनअघि उनले जिल्लाका पत्रकारहरूलाई गालीगलौज गरेका थिए। 

त्यसलगत्तै, महासंघका जिल्ला अध्यक्ष यादवले नगर उपप्रमुख महतोलाई पत्रकारमाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती दिँदै अन्यथा उनले गरेको गलत कर्तुत सार्वजनिक गर्ने चेतावनी दिएकै वेला भिडियो सार्वजनिक भएको हो। भिडियोमा उपप्रमुख महतो र महिलालाई केही युवाले नियन्त्रणमा लिई नाम ठेगाना सोध्दै भिडियो खिचिरहेको देखिन्छ । 

भिडियोमा लगातार नाम सोधिरहेका वेला उपप्रमुख महतोले आफ्नो नाम अशोक यादव बताएका छन् भने ठेगानाबारे केही बोलेका छैनन्। मोटरसाइकलको हेल्मेट लगाएका उनले किन भिडियो खिचेको भन्दै रोक्ने प्रयास गरिरहको भए पनि उक्त भिडियो कहिले र कसले खिचेका हुन् भन्ने केही खुलेको छैन।