१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o८२ असार १७ मंगलबार १७:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघले मनायो २४औँ वार्षिकोत्सव

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १७:२७:oo

लुम्बिनी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २४औँ वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मनाएको छ। संघले मंगलबार चन्द्रौटास्थित बिन्ध्यबासिनी ५ नम्बर बाहिनी परिसरमा वृक्षारोपण, सामाजिक सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँड केसीले सशस्त्र प्रहरी परिवार महिला संघले महिला सशक्तीकरण, सामाजिक सेवा तथा विपद् व्यवस्थापनमा खेलेको भूमिकाको प्रशंसा गर्दै संघले सेवामूलक कार्यमा समर्पित भई समाज परिवर्तनमा उदाहरणीय योगदान दिइरहेको बताइन्। खाँडले बर्दियामा बाघको आक्रमणबाट घाइते भएका ७ वर्षीय सिर्जन थारूलाई मावि तहसम्म निःशुल्क शिक्षा दिने संघको प्रतिबद्धतालाई उदाहरणीय कदम रहेको उल्लेख गरिन्।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई लुम्बिनी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष तारा देउवाले धन्यवाद ज्ञापन गर्दै संघले आगामी दिनमा पनि विपन्न, जेहेन्दार तथा शिक्षाबाट वञ्चित वर्गलाई निःशुल्क शिक्षा दिने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा उपसभामुख खाँण, संघकी अध्यक्ष देउवा, सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र कुँवर, शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीलगायतले वृक्षारोपण गरेका थिए।

सिर्जन थारुलाई निःशुल्क शिक्षा
२०७८ चैत २० गते बर्दियाको गुलरिया नगरपालिका–३ बालापुरमा चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका ७ वर्षीय सिर्जन थारुको उपचार तथा शिक्षाको जिम्मा संघले लिएको छ। संघकी अध्यक्ष देउवाले सिर्जनका पिता उमेश थारुलाई प्रतिबद्धतापत्र र नगद ५ हजार रुपैयाँसहित सम्मान गरिन्। आर्थिक अवस्था कमजोर भएको बताउने उमेशले छोरालाई निःशुल्क शिक्षाको व्यवस्था गरिदिएकोमा संघप्रति आभार व्यक्त गरे।

उत्कृष्ट महिला सशस्त्र प्रहरी सम्मानित
वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने महिला सशस्त्र प्रहरीलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा सशस्त्र प्रहरी हवल्दार खुमा केसी, जसुता भण्डारी, सहायक हवल्दार धनमाया रास्कोटी, जवान सुस्मा चौधरी, पुष्पा विक र कुन्ति हेलाडोमलाई प्रशंसापत्रसहित शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले सम्मान गरिन्।

त्यसैगरी, माइती नेपाल रुपन्देहीकी माया क्षेत्री, शान्ति पुनःस्थापना बर्दियाकी सपना शर्मा र यातायात व्यवसायी अमृता भुजेललाई प्रमुख अतिथि मेनुका खाँडले सम्मान गरेका हुन्।

कार्यक्रममा सशस्त्र प्रहरी जवानहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। उक्त अवसरमा २८ नम्बर गण हेडक्वार्टर कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसी, ४१ नम्बर रिजर्भ गणका गणपति गुणराज न्यौपाने, २६ नम्बर गणका उपरीक्षक सन्तोष रायमाझी, मनोज धिताल, चेतराज जोशीलगायत सुरक्षाकर्र्मी, जनप्रतिनिधि, समाजसेवी, पत्रकार तथा स्थानीयवासीको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नायव उपरीक्षक दीपक कोइरालाले गरेका थिए।