१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १७ मंगलबार १४:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अमेरिका पठाइदिन्छु भनी एकैजनाबाट ७५ लाख ५० हजार ठगी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १४:४o:oo

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका– ७ बस्ने तनहुँ व्यास नगरपालिका– १२ घर भएका ३० वर्षीय रन्जन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

रन्जनले अमेरिका पठाइदिन्छु भन्दै एकजनाबाट ७५ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका– ४ बाट पक्राउ गरेको हो।

पाण्डेलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।