१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १६ सोमबार १८:१२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कर्णाली याक्सको मार्की सोमपाल कायम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार १८:१२:oo

कर्णाली याक्सले नेपाल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई मार्कीमा निरन्तरता दिएको छ।

आगामी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि सोमपाल कामीलाई नै निरन्तरता दिएको कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेले जानकारी दिए। ‘सोमपाल कामी निकै क्षमतावान खेलाडी हुन्। त्यसैले दोस्रो संस्करणको लागि निरन्तरता दिने भएका छौँ। उनीमाथि टिमको विश्वास छ,’ घिमिरेले भने।

पहिलो सिजन सोमपालकै कप्तानीमा कर्णाली याक्सले प्लेअफ खेलेको थियो। कर्णालीले पहिलो सिजन भारतीय राष्ट्रिय टोलीका चर्चित पूर्वओपनर शिखर धवनलाई अनुबन्ध गरेको थियो।

सहमालिक घिमिरेले यस सिजन पनि स्टार खेलाडी अनुबन्ध गरेर टिमलाई थप बलियो बनाउने तथा पर्यटन प्रवर्द्धन गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने योजना सुनाएका छन्। ‘पहिलो संस्करण शिखर धवनको आगमनसँगै टिम निकै बलियो भयो। नेपाली क्रिकेटको चर्चा पनि उस्तै भयो। यसपटक पनि हामी चर्चित खेलाडी अनुबन्ध गर्दै देशको पर्यटक प्रवर्द्धन गर्न र क्रिकेट विकासमा महत्त्वपूर्ण भूमिका खेल्छौँ।’

गृहेन्द्र घिमिरेले चाँडै रिटेन गरेका ६ खेलाडीको समेत सूची सार्वजनिक गर्ने बताएका छन्।