१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
२o८२ असार १६ सोमबार १३:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रादेशिक अस्पतालको आकस्मिकबाहेक सेवा ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार १३:५५:oo

प्रादेशिक अस्पताल सिराहाको आकस्मिकबाहेक सबै सेवा  ठप्प पारिएको छ ।  शान्ति सुरक्षा र कारबाहीको माग गर्दै चिकित्सकहरूले बहिरंग (ओपिडी) सेवा ठप्प पारेका हुन् ।

सिराहा नगरपालिका- ६ का १२ वर्षीय राजन महराको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर पीडित परिवार, आफन्त र वडाध्यक्षलगायत इन्द्रजित यादवले चिकित्सकमाथि गाली–गलौज, हुलहुज्जत गरेको भन्दै सेवा ठप्प  छ ।

चिकित्सकहरूले प्रेस विज्ञप्ति निकाल्दै अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आक्रमण गर्ने, उपद्रव मच्चाउनेजस्ता कार्यले चिकित्सकहरू असुरक्षित भएको भन्दै शान्तिसुरक्षा र कारबाहीको माग गरेको छ । विज्ञप्तिमा अस्पतालमा कार्यालय चिकित्सक र कर्मचारीहरूले हस्ताक्षर गरेका छन् । ओपिडी सेवा ठप्प पारेपछि विभिन्न गाउँबाट उपचार गराउन आएकाहरू प्रभावित बनेका छन् । चिकित्सक बस्ने कार्यकक्ष बन्द गरिएको छ । 

सिराहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले ओपिडी सेवा ठप्प पारिएकोबारेमा आफूलाई जानकारी नभएको बताएका छन् । चिकित्सकहरूले आन्दोलन गरेकोबारे आफूलाई कुनै जानकारी नभएको भन्दै प्रजिअ अर्यालले अस्पतालको सेवा ठप्पबारे बुझेर बताउने प्रतिक्रिया दिएका छन् ।

यता वडाध्यक्ष इन्द्रजित यादवलगायत पक्राउ परेकाहरूलाई रिहा गर्न पीडित परिवारले माग गरेका छन् । परिवारजनले शव नबुझेपछि प्रादेशिक अस्पताल सिराहाको पोस्टमार्टम कक्षमा राखिएको प्रहरीले जनाएको छ ।