१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १६ सोमबार ११:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नबिल बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार ११:३५:oo

नबिल बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गर्न अनुमति पाएको हो ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सार्वजनिक निष्कासन गर्नेछ । आठवर्षे अवधि र वार्षिक ७ प्रतिशत ब्याजदर हुने यो ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।