१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बागमतीका ओलम्पियनलाई मासिक पाँच हजार भत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५३:oo

बागमती प्रदेश सरकारले ओलम्पियन खेलाडीलाई मासिक भत्ता दिने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र खेलकुदमन्त्री मीनकृष्ण महर्जनले ओलम्पियनलाई मासिक पाँच हजार रुपैयाँको दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका छन् । ‘स्कुल टु ओलम्पिक’को समापन तथा चौथो ओलम्पियन पुनर्मिलन कार्यक्रममा मुख्यमन्त्री लामा र खेलकुदमन्त्री महर्जनले ओलम्पियनलाई भत्ता दिने घोषणा गरेका हुन् ।

‘खेलाडीले अन्तर्राष्ट्रिय रूपमा पहिचान दिएका छन्, उनीहरूप्रति राज्यको दायित्व र सम्मान प्रकट गर्दै बागमती सरकारले प्रदेशभित्रका ओलम्पियन खेलाडीलाई मासिक रूपमा पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ,’ मुख्यमन्त्री लामाले भने । 

यसअघि गण्डकीले दुई वर्षदेखि ओलम्पियनलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिँदै आएको छ । सुदूरपश्चिम प्रदेशले पनि हालै मासिक भत्ता उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । सन् १९९२, १९९६ र २००० का ओलम्पिक खेलमा अनिता श्रेष्ठ, सीताराम शाही, विमला रानामगर, भगवती खत्री र ज्ञानबहादुर बोहरालाई सम्मान गरिएको छ । सन् १९९६ को एटलान्टा ओलम्पिकमा सहभागी स्व. सुनीललाल जोशीलाई मरणोपरान्त उनको परिवारमार्फत सम्मान प्रदान गरिएको छ ।