१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका ताप्लेजुङ
Invalid date format o८:५४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ताप्लेजुङका तीनवटा विद्यालयका नतिजा शून्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
Invalid date format o८:५४:oo

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ताप्लेजुङका तीनवटा विद्यालयको नतिजा शून्य आएको छ । जिल्लाका ६९ विद्यालयमध्ये तीनवटा विद्यालयको नतिजा शून्य भएको हो ।

जिल्ला शिक्षा समन्वय समिति ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले सिदिङ गाउपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी १७ जना विद्यार्थीमध्ये कोही उत्तीर्ण नभएको बताए ।

त्यस्तै, सिरिजंघा गाउँपालिका– ५ पेदाडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय र मेरिङदेन गाउँपालिका– १ स्थित सिंहदेवी माध्यमिक विद्यालयको नतिजा नील छ । राष्ट्रिय माध्यमिक विद्यालयमा १५ र सिंहदेवी माध्यमिक विद्यालयमा आठजना विद्यार्थीले एसइई दिएका थिए ।

ताप्लेजुङका पाँचवटा विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् । फक्ताङलुङ गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय र सिंवा मावि शतप्रतिशत नतिजा ल्याउन सफल भएका हुन् ।