
लेखनाथ मेमोरियल इंग्लिस बोर्डिङ स्कुलले पोखरा टिआई विद्यालयस्तरीय रग्बी प्रतियोगिताको दोहोरो उपाधि हात पारेको छ।
कास्की जिल्ला रग्बी संघको आयोजना, पोखरा महानगरपालिकाको सहयोग र विद्यालय रग्बी संघको समन्वयमा पोखरा लेखनाथस्थित भण्डारढिक रंगशालामा सम्पन्न प्रतियोगितामा लेखनाथ मेमोरियलले दोहोरो उपाधि हात पार्ने क्रममा छात्रतर्फको फाइनल खेलमा सोसल पब्लिक स्कुललाई र छात्रातर्फ लिटल फ्लावर एजुकेसनल सेकेन्डरी स्कुललाई पराजित गरेको थियो।
तेस्रो स्थानका लागि भएको छात्रतर्फको खेलमा लिटल फ्लावरले न्यू एरा एकेडेमीलाई र छात्रातर्फ न्यू एरा एकेडेमीले सोसल पब्लिक स्कुललाई पराजित गर्यो।
विजेता टोलीलाई पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, राखेप बोर्ड सदस्य मधुसुदन सुवेदी, रग्बी संघ कास्कीका अध्यक्ष सुवास खड्कालगायतले पुरस्कार वितरण गरेका थिए।