१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
उज्वेकिस्तानको तास्केन्तमा अन्तिम तयारी गर्दै नेपाली महिला टिम । तस्बिर सौजन्य: एनएसजेएफ
रमेश सुवेदी काठमाडाैं
Invalid date format o८:oo:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एएफसी महिला एसियन कप छनोट : ऐतिहासिक खेलमा नेपाल र लाओस भिड्दै

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:oo:oo
  • नेपाल र लाओस मैदानमा उत्रिँदै गर्दा यो खेल नेपाली राष्ट्रिय महिला टोलीका लागि ऐतिहासिक सयौँ खेल हुनेछ

एएफसी महिला एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले आज लाओससँग खेल्दै छ । उज्वेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ६ बजे खेल सुरु हुनेछ । महिला फुटबल सुरु भएको ४० वर्षमा नेपालले सय खेल पूरा गर्दै छ । यो खेललाई त्यसैले पनि ऐतिहासिक रूपमा हेरिएको छ । यता, नेपाल र लाओस भिड्न लागेको पहिलोपटक हो । 

पछिल्लो वरीयतामा नेपाल सयौँ स्थानमा रहँदा लाओस १०७औँ स्थानमा छ । लाओस नेपालको २६औँ प्रतिद्वन्द्वीसमेत हो । नेपाल तेस्रो एसियन कपमा छनोट हुने लक्ष्यसहित उज्वेकिस्तान पुगेको हो । नेपालका प्रशिक्षक प्याट्रिक डी विल्डे र कप्तान अन्जिला तुम्बाप्पो सुब्बा दुवै पहिलो खेलका लागि सकारात्मक छन् । 

प्रशिक्षक प्याट्रिकले नेपाली टिम शारीरिक र मानसिक रूपमै तयार भएको बताएका छन् । ‘मैले नेपाली टिम हेर्न थालेको धेरै भएको छैन । तर, यो टिम शारीरिक र मानसिक रूपमा निकै राम्रो छ,’ खेलअघि भएको पत्रकार सम्मेलनमा उनले भने, ‘यो टिममा युरोपसहित अन्य देशबाट खेल्ने खेलाडी छन् । त्यसैले पनि टिम सन्तुलित छ ।’ प्याट्रिक नेपाली टिमको प्रशिक्षक नियुक्त भएपछि नेपालले खेल्न लागेको पहिलोपटक हो । त्यसैले पनि यो खेल उनका लागि निकै अर्थ राख्नेछ । 

हाल नेपाली टोलीमा कप्तान अन्जिलासहित सावित्रा भण्डारी युरोपबाट खेल्दै आएका छन् । गत सिजन अन्जिलाले ग्रिस लिग तथा सावित्राले फ्रेन्च लिग खेलेकी हुन् । यस्तै, रेखा पौडेलले युएई लिग र पूजा रानाले भुटानको लिग खेलेका छन् । 

कप्तान अन्जिलाले टिम छनोट खेल खेल्न तयार रहेको बताइन् । ‘पछिल्लो समय सबै खेलाडीसँगै अभ्यास गरेकाले राम्रो देखिन्छ । हामी छनोट खेल्न तयार छौँ ।’ कप्तान अन्जिला, सावित्रा, रेखा, पूजासँगै पूर्वकप्तान रेणुका नगरकोटे, प्रीति राई, गीता राना, सरु लिम्बू, विमला विक, अमृता जैशी, समीक्षा घिमिरे, अनिता केसी, अनिता बस्नेत, रश्मिकुमारी घिसिङलगायत खेलाडीले नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

लाओससँग पहिलोपटक खेल्दै 

नेपालले लाअ‍ोससँग पहिलोपटक खेल्न लागेको हो । सन् १९८६ बाट महिला फुटबल खेल्न थालेको नेपालले एक दशक पुन: खेल नै खेलेन । त्यसपछि नेपालले लगातार खेल्न थालेको हो । त्यसयता नेपालले दक्षिण एसियामै बढी प्रतिस्पर्धा गरेको छ । भारतसँग मात्रै नेपालले १८ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा दुई खेल मात्रै जितेको छ । बंगलादेशविरुद्ध १३ मध्ये ६ खेलमा नेपाल विजयी भएको हो । भुटानसँग पाँचमध्ये चार खेलमा जित र एकमा बराबरी नतिजा निकालेको छ । माल्दिभ्सविरुद्ध ६ खेलमै नेपाल अपराजित रह्यो । म्यानमारसँगको ६ खेलमा नेपालले दुई बराबरी र चार खेलमा हारको सामना गरेको छ । अहिलेसम्म इरान, इराक, जोर्डन, प्यालेस्टाइन, सिरिया, ताजकिस्तान र कुवेतसँग एकपटक मात्र खेल खेलेको छ । 

उज्वेकिस्तान र श्रीलंका खेल्दै
समूह एफमा आइतबारै घरेलु टोली उज्वेकिस्तानले श्रीलंकासँग खेल्नेछ । यस समूहमा उज्वेकिस्तान सबैभन्दा बलियो टोलीको रूपमा छ । उसको फिफा वरीयता नै ५१ छ । कमजोर मानिएको श्रीलंकाको १५९ वरीयता रहेको हो । उज्वेकिस्तानसँगै नेपाल समूह विजेता बन्ने दाबेदार टोलीको रूपमा छन् । समूहको विजेता मात्र अस्ट्रेलियामा हुने महिला एसियन कपमा पुग्नेछन् । एसिया कपको सेमिफाइनलमा पुग्ने टोली सीधै ब्राजिलमा हुने विश्वकपमा सहभागी हुनेछन् ।