१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राजन र सन्तोषी च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:३६:oo

राजन रोकाया र सन्तोषी श्रेष्ठले पाँचौँ विर गणेशमान सिंह १० किलोमिटर रोड रेसको उपाधि जितेका छन् । शनिबार काठमाडौंमा वीर गणेशमान सिंह फाउन्डेसनले गरेको रेसमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकायाले ३१ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जिते । उनका सहकर्मी खड्कबहादुर खड्का ३१ मिनेट ५५ सेकेन्डमा दौड समाप्त गर्दै दोस्रो भए भने मुकेश बहादुर पालले ३२ मिनेट १२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । बागलुङका तीर्थ पुन चौथो भए भने केन्याका जुलियस मुरिउकीले पाँचौँ स्थान प्राप्त गरेका छन् । 

दौड दरबारमार्गस्थित एडिडास सोरुमबाट बिहान सात बजे सुरु भई भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जयनेपाल हल हुँदै पुन: दरबारमार्गमै समाप्त भएको थियो ।

सन्तोषी प्रथम
महिलातर्फ भने राष्ट्रिय कीर्तिमानी धाविका सन्तोषी श्रेष्ठले ३८ मिनेट तीन सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन् । त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले ३९ मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरिन् भने एपिएफका आशा रावतले ४० मिनेट २७ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । सोही क्लबकी फूलमती राना ४० मिनेट २७.०१ सेकेन्डमा दौड समाप्त गर्दै चौथो भइन् । 

प्रतियोगितामा विभागीय टिम, संघसंस्था, विद्यालय–कलेज, विदेशी धावकसहित करिब पाँच सय ५० खेलाडीहरूको सहभागिता रहेको थियो । पुरुष तथा महिला दुवैतर्फ प्रथम स्थान प्राप्त गर्ने खेलाडीले नगद ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको उद्घाटन तथा पुरस्कार वितरण उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री माननीय प्रकाशमान सिंहले गरेका थिए । आयोजकका अनुसार प्रतियोगितामा करिब १५ लाख रुपैयाँ खर्च भएको छ ।