१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विद्या भण्डारीले ‘मेरा कुरा पनि सुन्नुस्’ भन्दा ‘तपाईं र वरिष्ठ उपाध्यक्ष मिठो बोल्नुहुन्छ, सुनेकै छु’ भनेर नसुनी हिँडे ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:५o:oo

सुरुमै बोलेर हिँडे ओली
मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृहमा शनिबार गरेको कार्यक्रममा तीनजना वक्ता थिए । कार्यक्रममा प्रमुख अतिथि भए पनि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली सुरुमै बोलेर हिँडेका थिए । भण्डारीले ओलीलाई आफ्ना कुरा सुनेर जान आग्रह गरेकी थिइन । तर, ओलीले भण्डारीले कुरा सुन्न चाहेनन् । उनले भनेका थिए, ‘सम्माननीय पूर्वराष्ट्रपतीजीले मेरा पनि कुरा सुन्नुस् न भन्दै हुनुहुन्थ्यो । तपाईं राम्रो बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदै छ । आज मात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएको हो । ईश्वर कमरेड बोल्नुहुन्छ, उहाँले नराम्रो कहिल्यै बोल्दै बोल्नुहुन्न । राम्रो बोल्नुहुन्छ । त्यो भएर मलाई थाहा छ के बोल्नुहुन्छ । मैले सुन्न बसिरहनुपर्दैन ।’ 

विदेश जाने पूर्वनिर्धारित कार्यक्रम रहेको भन्दै ओली हिँडेका थिए । उनले शनिबारको कार्यक्रममा बम पड्कन्छ र एमाले ध्वस्त हुन्छ भन्ने सपना विरोधीले देखेको भन्दै कुनै बमबारुद नपड्किने पनि बताएका थिए । ‘कुनै बमबारुद पड्किनेवाला छैन । आस नगरे हुन्छ, एमाले एक छ, एक रहन्छ र एकजुट भएर अघि बढ्छ,’ ओलीले भनेका थिए । 

उनले सुरुमै एमालेको कठिन अवधि समाप्त भएको र कसैले फुटाउन नसक्ने बताएका थिए । ओलीले आगामी निर्वाचनमा एकताबद्ध भएर बहुमत ल्याउने दाबीसमेत गरे । एमालेलाई दिउँसै टर्च बालेर खोज्नुपर्ने बनाइदिन्छु भन्नेहरूको हालत पनि देखिसकिएको उनले बताए । उनले कम्युनिस्ट पार्टीको विगतदेखिको चर्चा गर्दै जबज व्यवहारमा लागू गरेको पनि दाबी गरे ।

ओलीले मदन भण्डारी दिवस मनाउन देशभरि वृक्षरोपण कार्यक्रम राखिएको पनि दाबी गरे । ‘यो कार्यक्रम भाँड्न वृक्षरोपण कार्यक्रम राखे विभिन्न ठाउँमा भन्छन् । मदन भण्डारी दिवस मनाउन देशभरि कार्यक्रम राखिएको छ । एमालेनिकट रहेका संगठनहरूको कार्यक्रम भाँड्न खोजेर भाँडिन्छ ? कसरी भाँडिन्छ म र विद्या भण्डारीजी आउने कार्यक्रम ?’