१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
२o८२ असार १४ शनिबार १o:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नवलपुरमा नाै जनाको ४ जीपिए, ७०.४५ प्रतिशत विद्यार्थी ग्रेडिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार १o:१२:oo

यस वर्षको एसईई परीक्षामा नवलपुरमा नाै जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन्। शिक्षा तथा समन्वय ईकाइ कार्यालय नवलपुरका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार नवलपुरबाट यस वर्ष पाँच हजार सात सय ७० जना विद्यार्थीहरुले एसईई दिएकामध्ये चार हजार ६५ जना अर्थात ७० दशमलब ४५ प्रतिशत विद्यार्थी ग्रेडिङ भएका छन्।

 त्यसैगरी नवलपुरमा ३.६ देखि ४ जीपीएसम्म ६ सय ८६, ३.२ देखि ३.६ जीपीएसम्म एक हजार २ सय ५४, २.८ देखि ३.२ जीपीए १ हजार ४ सय २५, २.४ देखि २.८ जीपीएसम्म ६ सय ६३ जना, २.० देखि २.४ जीपीएसम्म २८ जना रहेका छन्। 

त्यसैगरी १.६ देखि २.० जीपीएसम्म ० जना र नन ग्रेडिङ एक हजार ७ सय ५ जना अर्थात २९ दशमलब ५५ प्रतिशत रहेका छन् । नवलपुरबा जिल्लाबाट ८७ वटा सामुदायिक विद्यालय ४९ वटा संस्थागत विद्यालय, ५ वटा धार्मिक विद्यालय र एउटा खुल्ला गरी एक सय ४२ वटा विद्यालयले एसईईमा विद्यार्थीलाई सहभागी गराएका थिए । 

यता शिद्धार्थ आवासीय माविबाट एसईई दिएका ४ जोडी टुइन्स पनि उत्तिर्ण भएका छन् । शिद्धार्थ आवासीय माविका प्रिन्सिपल भोजराज दाहालका अनुसार ३ जोडी ३.६ भन्दा माथि जीपीए र १ जोडी टुइन्स ३.२ जीपीए भन्दा माथि अंक ल्याएर उत्तीर्ण भएका छन् । शिद्धार्थ आवासीय माविबाट सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको दाहालले बताए ।  यता कावासोतीको सामुदायिक विद्यालय ज्ञानोदय माविका आयुष ढकालले ४ जीपीए प्राप्त गरेका छन् ।