१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
नयाँ पत्रिका बेल्जियम
२o८२ असार १३ शुक्रबार १२:४९:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसमाथिको प्रतिबन्ध लम्ब्याउन इयू नेता सहमत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, बेल्जियम
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार १२:४९:oo

क्रेमलिनमैत्री हंगेरीले रुसमाथिको प्रतिबन्धलाई खुकुलो पार्न सक्ने सम्भावनाबिच थप ६ महिनाका लागि रुसमाथिको प्रतिबन्ध लम्ब्याउन इयू् नेता सहमत भएका छन्।

ब्रसेल्समा भएको शिखर सम्मेलनको निर्णयको अर्थ युक्रेनमा जारी युद्धलाई लिएर युरोपेली संघ (इयू) ले रुसी केन्द्रीय बैंकको २०० अर्ब युरो (२३४ अर्ब अमेरिकी डलर)भन्दा बढी सम्पत्ति जफत गर्नेलगायतका व्यापक प्रतिबन्धहरू सन् २०२६ को सुरुसम्म कायम रहने युरोपेली संघ (इयू) का सदस्य राष्ट्रका नेताले बताएका छन्।

हंगेरीका नेता भिक्टर ओर्बानले नमानेमा मस्कोलाई आर्थिक दण्ड दिने गरी आपतकालीन योजना बनाइरहेको अधिकारीहरूले बताएका छन्।

युरोपेली संघका समकक्षीहरूले बुडापेस्टले यी उपायहरू नवीकरण गर्न अस्वीकार गरेमा संयुक्त राज्य अमेरिकाले शान्ति प्रयासलाई दबाब दिइरहेका वेला रुसमाथि समूहको पकडमा ठुलो खाडल पर्न सक्ने आशंका व्यक्त गरेका थिए।

प्रत्येक ६ महिनामा थप गर्नुपर्ने प्रतिबन्ध जनवरीमा नवीकरणका लागि आउँदा ओर्बानले अन्तिमपटक उक्त निर्णय गरेका थिए।

तर, इयूले आफ्ना विद्यमान उपायहरू यथावत् रहने सुनिश्चित गरे पनि हंगेरीको सहयोगी स्लोभाकियाको अवरोधका कारण उसले प्रतिबन्धको नयाँ प्याकेजमा स्वीकृति पाउन असफल भएको छ।

स्लोभाकियाका नेता रोबर्टो फिकोले सन् २०२७ को अन्त्यसम्ममा रुसी ग्यासको आयात बन्द गर्ने योजनालाई लिएर ब्रसेल्ससँगको छुट्टै विवादका कारण शिखर सम्मेलनमा नयाँ चरणको प्रतिबन्धलाई स्वीकृति दिन अस्वीकार गरेका छन्।

स्लोभाकिया रुसी ग्यास आयातमा निर्भर छ र आफ्नो क्षेत्रभरि पाइप आपूर्तिको लागि ट्रान्जिट शुल्कबाट पैसा कमाउँछ।

फिकोले बिहीबार इयू प्रमुख उर्सुला भोन डेर लेयेनसँग वार्ता गरे पनि आफूले चाहेको प्रतिबन्ध प्याकेज रोक्न असफल भएको घोषणा गरेका थिए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक भिडियो सम्बोधनमा इयू नेताहरूलाई ‘रुसको तेल व्यापार, गैरकानुनी रूपमा आवागमन गर्ने ट्यांकर, बैंक र हतियार बनाउन उपकरण वा पार्टपुर्जाहरू ल्याउन प्रयोग हुने आपूर्ति शृंखलाहरूलाई लक्षित गरी कडा प्याकेज ल्याउन’ आग्रह गरेका छन्।

सहभागी इयू अधिकारीका अनुसार रुसको तेल निर्यातमा मूल्य सीमा घटाउने प्रयासलाई जी–७ सम्मेलनको व्यापक पहलको एक भागको रूपमा समर्थन गर्न वासिङ्टनले अस्वीकार गरेपछि यो एजेन्डा छलफलको विषय बन्न सकेन।