१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘सम्भावित विपतबाट हुन सक्ने घटनाकाे प्रतिकार्यका लागि सुरक्षा निकाय पूर्वतयारी अवस्थामा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:२५:oo

गृहमन्त्री रमेश लेखकले मनसुनको समय भएको र जुनसुकै वेला पनि विपत् आउन सक्छ भन्ने आकलनका साथ सरकार पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले आफ्नो मन्त्रालय मनसुनको समयमा बाढी, पहिरो, डुबान र सडक अवरोध हुन सक्ने सम्भावित विपतकाे सुरक्षा निकायमार्फत पूर्वतयारी अवस्थामा रहेको बताए । उद्धारका लागि हेलिकाेप्टरको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

मन्त्री लेखकले भने, ‘यसबाहेक मन्त्रालयमातहत सबै प्रदेशमा रहेका आपतकालीन मानवीय सहायता केन्द्रलाई विपत् उद्धारलाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । यस्ता केन्द्र स्थानीयस्तरमा विस्तार गर्न स्थानीय सरकारलाई आग्रह गर्दछु ।’

बैठकमा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अधिकृत ई. दिनेशप्रसाद भट्टले विपतकाे पूर्वतयारीबारे जानकारी गराउँदै उद्धारमा स्थानीयको सहयोगको ठुलो भूमिका हुने उल्लेख गरे ।

त्यस्तै, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मौसम पूर्वानुमानबारे जानकारी गराउँदै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने बताए । समिति सभापति कुसुमदेवी थापाले विपत् व्यवस्थापन र उद्धारमा गरिएको तयारीबारे समितिलाई अवगत गराउन र विगतबाट सिकेर थप प्रभावकारिताका साथ लाग्न मन्त्रालयलगायत सरोकारवाला निकायलाई आग्रह गरेका थिए ।

समिति सदस्यहरू वीरबहादुर बलायर, सरस्वती सुब्बा, रूपा साेसी चौधरी, भानुभक्त जोशी, सूर्यप्रसाद ढकाल, अनिशा नेपाली, अशोककुमार चौधरी, सम्झना थपलिया, अमृतलाल राजवंशी र बिजुला रायमाझीले मनसुनबाट हुने विपतकाे पूर्वतयारीमा गर्नुपर्ने काम र उद्धारको व्यवस्थाका लागि विभिन्न सुझाव दिएका थिए । रासस