१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
२o८२ असार १२ बिहीबार १५:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पाल्पामा महिला हत्याका आरोपी २१ वर्षपछि पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार १५:४३:oo

२१ वर्षअघि पाल्पामा एक महिलाको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पाल्पाको पूर्वखोला गाउँपालिका– १ (तत्कालीन सिलुवा गाविस– ९) मा ५५ वर्षीया चिनिसरा सार्कीको हत्या भएको थियो। 

हत्याका आरोपी ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले बिहीबार बिहान पक्राउ गरेको छ ।  उनलाई नेपालगन्जबाट पक्राउ गरी पाल्पा ल्याएर अनुसन्धान अघि बढाइएको पाल्पाका एसपी पवनकुमार भट्टराईले बताए। 

१९ असार ०६१ मा चिनिसराको घरमै हत्या भएको थियो । अनुसन्धान बाँकी रहेका पुराना अपराधका घटनाको फाइल खोतल्ने क्रममा पाल्पा प्रहरीले पूर्णबहादुरलाई पक्राउ गर्न सफल भएको हो । ‘निरन्तर अनुसन्धान, सूचना संकलन तथा विश्लेषण गर्दा प्रतिवादी पूर्णबहादुर सार्की भारतमा लुकिछिपी बस्ने गरेको र कहिलेकाहीँ बाँके जिल्ला हुँदै नेपालमा आउने–जाने गरेको भन्ने बुझियो,’ एसपी भट्टराईले भने, ‘आज बिहान हाम्रो टोलीले उनलाई नेपालगन्जको जमुनाहा भन्सारअगाडिबाट उनलाई पक्राउ गरेको हो ।’ प्रहरीले उनलाई बिहीबार जिल्ला अदालत, पाल्पामा उपस्थित गराई पाँच दिन थुनामा राख्न म्याद लिएको छ । 

प्रहरीका अनुसार मृतक महिला प्रतिवादीकी सासूआमा हुन्। श्रीमतीले पूर्णबहादुरलाई छाडेर अर्काे बिहे गरेपछि सासूआमासँग विवाद हुँदा उनले कुटपिट गरी हत्या गरेका थिए। हत्यापछि सो उनी गाउँबाट भागेका थिए।  दुई दशकदेखि पेन्डिङमा रहेको यो अनुसन्धानको प्रहरीले सफल अनुसन्धान गरेको छ ।