१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format १४:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोशी प्रदेश सभा : अर्थसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format १४:३७:oo

कोशी प्रदेश सभाको आजको बैठकमा ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले पेस गरेकाे उक्त प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेसँगै बैठकले सर्वसम्मतिले पारित गरेपछि छलफल सुरु भएको थियो । 

छलफलमा कोशी प्रदेश सभाका सांसदद्वय तिलचन पाठक र इस्राइल मन्सुरीले प्रदेश सरकारले प्रदेशलाई समृद्धि एवं विकास गर्न अर्थ संकलन सम्बन्धमा ल्याएको प्रस्तावको पूर्ण रूपमा समर्थन रहेको बताए। 

बैठकको शून्य समयमा सांसद खड्गबहादुर बस्नेतले आफूले सरकारलाई पेस गरेको सुझावसहितको योजना रातो किताबमा समावेश भएकामा धन्यवाद दिँदै छुटेका योजना समावेश गरी सहयोग गरिदिन आग्रह गरे। सांसद मीना श्रेष्ठले वर्षातकाे समयमा सुनसरीको इटहरी उपमहानगरपालिकाको अधिकांश क्षेत्र डुबानमा पर्ने गरेकाले यसको समाधानमा प्रदेश सरकारले ध्यान दिनुपर्ने धारणा राखिन्। प्रदेश सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।