
बागमती प्रदेश सभाको बैठक सारिएको छ। बजेटमाथिको छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि सरिएको हो ।
असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दलहरूबिच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो ।
प्रदेश सभाको अर्को बैठक असार १६ गते दिउँसो १ बजे बस्ने छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) अनुसार माननीय सभामुखले बैठक सारिएको बताए।