
पोखरा नगर क्षेत्रमा गुड्ने सार्वजनिक सवारीसाधनहरूको प्रदूषण जाँचलाई केही दिनदेखि निरन्तरता दिइएको छ। नगर क्षेत्रका गुड्ने सार्वजनिक सवारीसाधनहरूले आवश्यकभन्दा बढी धुवाँ फालेको भन्ने जनगुनासोपछि यातायात व्यवस्था कार्यालय, सवारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले केही दिनदेखि सवारीको प्रदूषण जाँचलाई निरन्तरता दिएका हुन् ।
सोही क्रममा बुधबार कालो धुवाँ फाल्ने नौवटा सार्वजनिक सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । अत्यधिक कालो धुवाँ निकाली वायु प्रदूषण गराउने साधनहरूलाई नियन्त्रणमा लिई आवश्यक चेकजाँच तथा कारबाहीकाा लागि यातायात व्यवस्था कार्यालय सवारी शाखा, गण्डकीमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले जानकारी दिइन्।
प्रदूषण जाँचमा फेल भएका सवारीहरू आवश्यक मर्मतसम्भारपछि मात्र सडकमा गुड्न पाउने उनले जानकारी दिइन्। मर्मतपछि पुनः प्रदूषण जाँच गर्दा पास भए मात्र चलाउन पाउने नत्र नपाउने उनले बताइन्।