
ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सबइन्जिनियर सविन दाहालको मृत्युु भएको छ ।
महाँकाल गाउँपालिका– ६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल– ४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका– २९ हरिसिद्धि बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो ।
‘खोल्सामा साँझ अन्दाजी ७:३० बजेतिर आएको बाढीले बगाएर मृत्युु भएको हो, हामीले बेलुकी १० बजेतिर थाहा पाएर खोजी गर्दा मृतकको शवलाई पत्ता लगायौँ, यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकाेप्टर मगाएका छौँ,’ उनले भने ।