१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
२o८२ असार १२ बिहीबार o८:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पाँच शतक बन्दा पनि पराजित हुने भारत पहिलो टोली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार o८:५६:oo

टेस्ट क्रिकेटमा पाँच शतक बन्दा पनि पराजित हुने भारत पहिलो राष्ट्र बनेको छ । लिड्स मैदानमा इंग्ल्यान्डविरुद्ध पहिलो इनिङ्समा तीन र दोस्रोमा दुई शतक बन्दा पनि भारतले हार टार्न सकेन । भारतले जितका लागि विपक्षीलाई ३७१ रनको दिएको थियो । इंग्ल्यान्डले ८२ ओभरमा पाँच विकेटको क्षतिमा ३७३ रन बनायो । इंग्ल्यान्डको जितमा ओपनर बेन डककेटले १४९ रनको योगदान दिएका थिए । इंग्ल्यान्डलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका बेन म्यान अफ दी म्याच भए । 

भारतका लागि पहिलो इनिङ्समा यशश्वी जैसवालले १०१, कप्तान शुभमन गिलले १४७ तथा ऋषभ पन्तले १३४ रन बनाएका थिए । दोस्रो इनिङ्समा लोकेश राहुलले सर्वाधिक १३७ तथा ऋषभले ११८ रन जोडेका थिए । इंग्ल्यान्डले लक्ष्य पछ्याउने क्रममा मजबुत सुरुवात गर्‍यो । ओपनरद्वय जाक क्रावेय र बेनले पहिलो विकेटका लागि ४२.२ ओभरमा १८८ रनको साझेदारी गर्दै जितको आधार बनाए । यसबाहेक जोए रुटले ८४ बलमा ५३, कप्तान बेन स्टोक्सले ५१ बलमा ३३ तथा जेमिए स्मिथले ५५ बलमा ४४ रन जोडेपछि इंग्ल्यान्डले सानदार जित निकाल्यो । भारतले पहिलो इनिङ्समा ४७१ तथा दोस्रो इनिङ्समा ३६४ रन बनाएको थियो । इंग्ल्यान्डले पहिलो इनिङ्समा ४६५ रन जोडेको थियो । पहिलो इनिङ्समा भारतले ६ रनको अग्रता लिएको थियो । 

इंग्ल्यान्डको रेकर्ड
भारत र इंग्ल्यान्डबिचको पहिलो टेस्टमा धेरै रेकर्ड बनेका छन् । भारतले दिएको ३७१ रनको लक्ष्य सफलतापूर्वक पछ्याउने इंग्ल्यान्ड दोस्रो राष्ट्र बनेको छ । टेस्ट फम्र्याटमा इंग्ल्यान्डबाहेक अस्ट्रेलियाले यस्तो रेकर्ड बनाएको थियो । सन् १९४८ मा इंग्ल्यान्डले दिएको ४०४ रनको लक्ष्यलाई अस्ट्रेलियाले पार गरेको थियो । सन् २०२२ मा भारतविरुद्ध इंग्ल्यान्डले ३७८ रन सहजै पूरा गरेको थियो । खेलाडीले व्यक्तिगत रूपमा पाँच शतक बनाए पनि पराजित हुने भारत पहिलो टोली बन्यो । सन् १९२८ मा अस्ट्रेलियाले मेलबर्नमा इंग्ल्यान्डविरुद्ध चार शतक लगाएको थियो । तर, सो टेस्टमा इंग्ल्यान्ड नै विजयी भयो । 

पहिलो टेस्टमा रनको वर्षा
भारतले इंग्ल्यान्डविरुद्ध समग्रमा ८२५ रन बनायो । भारतले पहिलोपटक इंग्ल्यान्डविरुद्ध उसैको भूमिमा दुवै इनिङ्समा गरी आठ सय रन कटाएको हो । यसअघि भारतले सन् २०१४ मा अस्ट्रेलियाको एडेलेडमा दुवै इनिङ्समा गरी ७५९ रन बनाएको थियो । इंग्ल्यान्ड र भारतबिचको खेलमा समग्रमा एक हजार ६७३ रन बन्यो । सन् १९९० मा म्यानचेस्टरमा एक हजार ६१४ रन बनेको थियो । सो टेस्ट बराबरी भएको थियो । टेस्ट इतिहासमा पाँचपटक मात्र ३५० रनभन्दा माथिको लक्ष्य पछ्याएको रेकर्ड छ ।