१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
२o८२ असार ११ बुधबार १४:१५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तुलसीपुर उपमहानगरपालिकाको बजेट दुई अर्ब ६ करोड  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार १४:१५:oo

दाङको तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष ०८२/८३ का लागि उपप्रमुख स्यानी चौधरीले उक्त बजेट ल्याएकी हुन्। जसमा आन्तरिक स्रोतबाट ५२ करोड, स्थानीय तह राजस्व बाँडफाँटसहित मालपोत रजिस्ट्रेसनबाट १५ करोड, ढुंगा, गिटी, दहत्तरबहत्तरबाट पाँच करोड र विज्ञापन करबाट १५ लाख आम्दानी हुने लक्ष्य लिइएको छ ।

त्यस्तै, संघीय सरकारको समानीकरण अनुदान २८ करोड ३३ लाख, ससर्त अनुदान ७२ करोड ९३ लाख, समपूरक अनुदान ९२ लाख र राजस्व बाँडफाँट संघतर्फ २३ करोड २० लाख ९९ हजार ८५५ गरी एक अर्ब २५ करोड ३८ लाख ९९ हजार आम्दानी हुने लक्ष्य लिइएको छ ।  

प्रदेश सरकारबाट एक करोड ९६ लाख ६६ हजार, ससर्त अनुदान दुई  करोड पाँच लाख आठ हजार, समपूरक अनुदान एक करोड ५० लाख, विशेष अनुदान १७ लाख, राजस्व बाँडफाँट प्रदेश दुई करोड २४ लाख गरी सात करोड ९२ लाख ९४ हजार र अन्य संघसंस्थाको  अनुदानमा एक करोड २० लाख आम्दानी हुने लक्ष्य लिइएको छ ।

पालिकाले  विषादी परीक्षण प्रयोगशालाका लागि ३० लाख, फोहाेरमैला व्यवस्थापनका लागि आधुनिक कम्प्याक्टर निर्माणका लागि एक करोड, आधुनिक दमकल खरिदका लागि एक करोड, सहाराविहीन बालबालिकाको भवन निर्माणका लागि ५० लाख र सुस्तश्रवण बालबालिकाको भवन निर्माणका लागि ४० लाख, तुलसीपुरको अरणीको मैदान पूर्वाधारका लागि २० लाख  बजेट विनियोजन भएको छ । त्यस्तै, अपांगता भएका व्यक्तिलाई कृत्रिम हात र खुट्टा प्रदान, स्वयंसेवक शिक्षक सट्टा भर्ना, एक वडा, एक नमुना विद्यालय निर्माण, एक शिक्षक, एक ल्यापटपका लागि बजेट विनियोजन गरिएको छ ।