१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
२o८२ असार ११ बुधबार १८:१३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती सरकारद्वारा २५ किलो भार वहन गर्न सक्ने ड्रोनको परीक्षण उडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार १८:१३:oo

बागमती प्रदेश सरकारले विपत् व्यवस्थापन तथा अत्यावश्यक सामग्री ढुवानीका लागि ड्रोनको परीक्षण उडान गरेको छ। आइडिया हब इन्टरनेसनल प्रालिसँगको सहकार्यमा प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बुधबार हेटौँडा–६ स्थित गौरीटार रंगशालामा परीक्षण उडान गरेको हो।

२५ किलो भार बहन गर्न सक्ने ड्रोनको परीक्षण उडान गरिएको थियो। प्रदेश मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यमा भएको परिक्षणमा उनले विपत् व्यवस्थापनमा ड्रोन प्रविधि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे।

‘सडक अवरुद्ध हुँदा, डुबान वा पहिरोका कारण राहत सामग्री पुर्‍याउन नसकिने अवस्थामा ड्रोन प्रभावकारी विकल्प हुन सक्छ,’ मुख्यमन्त्री लामाले भने, ‘भौगोलिक विविधता र जोखिमयुक्त क्षेत्रलाई ध्यानमा राख्दै प्रदेश सरकारले ड्रोनसम्बन्धी आवश्यक कानुन निर्माण गर्नेछ। नेपालजस्तो जोखिमपूर्ण भूगोल भएको देशमा आफ्नै प्रविधिको विकास अपरिहार्य छ।’

कार्यक्रममा श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले विपत् व्यवस्थापन, यातायात र सुशासनमा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए। डोजरमुखी विकासले प्राकृतिक प्रकोप निम्त्याएको भन्दै उनले प्रकृतिमैत्री प्रविधिको आवश्यकता रहेको बताए।