१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ११ बुधबार o८:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

वारियर्सलाई एसडब्लुएससी कप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार o८:१९:oo

मनास्लु र वारियर्सले एसडब्लुएससी एसइई थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा मनास्लु पुरुष र वारियर्स महिलातर्फ च्याम्पियन बनेका हुन् ।

पुरुषतर्फको उपाधि भिडन्तमा मनास्लुले बिएमकेलाई १८–१७ ले पराजित गर्‍यो । महिलाको फाइनलमा वारियर्सले भ्याली पब्लिकलाई १३–१२ ले हरायो । दुवै विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पाए । विजेता टोलीका प्रत्येक खेलाडी र ‘मोस्ट भ्यालुएबल प्लेयर’ले ५० प्रतिशत छात्रवृत्ति पनि पाउनेछन् । उपविजेतालाई ४० प्रतिशत तथा सहभागी टिमका खेलाडीलाई २० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।

मनास्लु र वारियर्सको यो दोस्रो उपाधि हो । यसअघि मनास्लु र वारियर्सले प्रथम एलएनए एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका थिए । पुरुषमा मनास्लुका शुभम सैँजू र महिलामा वारियर्सकी दिव्यान्शा कार्की ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । दुई दिनसम्म चलेको प्रतियोगिताको पुरुषमा ३२ तथा महिलामा १८ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।