१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
Invalid date format १८:o१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भरतपुर महानगरले ल्यायो ५ अर्ब १९ करोडको बजेट  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o१:oo

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको छ। आइतबार महानगरपालिकाको १७औँ नगर अधिवेशनमा उपमेयर चित्रसेन अधिकारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट चालूको तुलनामा करिब १ अर्ब ३६ करोडले कम रहको छ। 

चालू आवमा भरतपुर महानगरपालिकाकाले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो। बजेट प्रस्तुत गर्दै उपमेयर अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक आयतर्फ १ अर्ब ८० करोड, राजस्व बाँडफाँट तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार रुपैयाँ प्राप्त हुने अनुमान प्रस्तुत गरेका छन् ।

यसैगरी, बजेट प्रस्तुत गर्दै उनले संघ सरकारको राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लख रुपौयाँ, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार रुपैयाँ, जनसहभागिता र श्रमदानबाट ५ करोड, बैंक मौज्दात ७० करोड र सडकबोर्ड नेपालबाट ३ करोड प्राप्त हुने अनुमान गरेका छन्। उपमेयर अधिकारीले जेठ मसान्तसम्म चालू आवको कुल बजेटको ५३ प्रतिशत मात्र खर्च भएको उल्लेख गर्दै चालू आवको अन्त्यसम्ममा आन्तरिक आम्दानी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरेका छन्।