१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अमरेशले ‘नेपालका ७२ जिल्ला लिजमा दिऊँ’ भनेपछि संसदमा ‘हंगामा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

स्वतन्त्र सांसद अमरेश सिंहले नेपालका पाँच जिल्ला बाहेक अरु विदेशीलाई लिजमा दिन भनेपछि संसद्‍मा ‘हंगामा’ भएको छ। सांसद सिंहले नेपालका ७२ जिल्ला अमेरिका, चीन या भारतलाई लीजमा (भाडामा) दिन सकिने अभिव्यक्ति दिएपछि संसद्मा हंगामा भएको हो।

विनियोजन विधेयक, २०८२ को छलफलका क्रममा सांसद सिंहले बजेट नपरेका जिल्लाहरूलाई लिजमा दिनुपर्ने बताएपछि नेकपा (एमाले) का सांसदहरूले तीव्र विरोध जनाए।

सिंहको अभिव्यक्तिमा नेकपा एमाले सांसद महेश बर्तौलाले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले उनको भनाइलाई रेकर्डबाट हटाउन आदेश दिएका थिए। एमालेका मुख्य सचेतक बर्तौलाले नियमापत्ति गर्दै राष्ट्रघाती अभिव्यक्ति दिने सांसदलाई कारबाही गर्नुपर्ने बताए।

‘देशको नाम तोकेर जिल्ला लिजमा दिने कुरा आपत्तिजनक विषय हो। देशलाई कहीँकतै गाभिदिने भनेर संसद्को रोष्टमबाट अभिव्यक्ति दिनु राष्ट्रघाती र देशद्रोही विषय हो’ बर्तौलाले भने, ‘मुलुकको स्वाभिमानको विरुद्धमा अभिव्यक्ति दिने कुरा कारबाहीको विषय हो। उहाँको अभिव्यक्ति राष्ट्रघाती छ, यस्तो कुरा सुनेर बस्न सक्दैनौं।’

विनियोजित बजेटका सम्बन्धमा विवाद भएपछि सभामुख देवराज घिमिरले वक्ता अमरेश कुमार सिंहलाई ‘डायस छाडेर तल जानू’ भनी निर्देशन दिएका छन्। सभामुखले दिएको रुलिङलाई बेवास्ता गरेपछि उनलाई यस्तो निर्देशन दिएका हुन्। 

 

छुटाउनुभयो की ?